बुटवल २५ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको २४ दिनमा ७ अर्ब ६४ करोड २५ लाख ६७ हजार ३६० रुपैयाँ बजेट खर्च गरेको छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार सरकारी खाता आर्थिक वर्ष सकिनु भन्दा एक हप्ता अघि बन्द गर्नु पर्ने हुन्छ । जस…