आसन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि (आज भदौ १२) मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु गरिँदै छ।यसअन्तर्गत आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्। नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम…