बुटवल२८ मङ्सिर । लुम्बिनी प्रदेश सभामा ३२ जना महिला सांसदको प्रतिनिधित्व हुने भएको छ। ८७ सदस्यीय प्रदेश सभामा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार दलहरूलाई समानुपातिकबाट ३१ महिला छान्नुपर्ने दबाब परेको हो। प्रदेश सभामा प्रत्यक्षतर्फ बाँकेबाट कृष्णा केसी मात्रै निर्वाचित हुनुभएकाले समानुपातिकबाट ३१ महिला छान्नु परेको हो। लुम्बिनीमा समानुपातिकतर्फ नेकपा (एमाले)ले ११, नेपाली…