असार २२,स्याङ्जा – पछिल्लो समय नगरपालिकाले मात्रै होइन धेरै निकायले प्रविधि हस्तान्तरणको रुपमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरिरहेका छन् । गाडी रिजर्भ नै गरेर गाँउ गाँउ पु¥याइएका हाते ट्याक्टरहरुमा सानो समस्या आउँदा फेरि गाडी नै रिजर्भ गरेर बजार पु¥याउनु पर्ने समस्या थियो । तर अब भने यो समस्याबाट स्याङ्जा, वालिङका कृषकहरुले पार पाउने भएका छन्…