प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा किन्न सम्भव नभएको बताउनु भएको छ । पालिका चुनावकाे तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभनलगायतका गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गर्नुभयो । आज बुधवार ललितपुरको गोदावरीमा रहेकाे सनराइज सभाहलमा आयोजित 'युवासँग म' अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई…