काठमाण्डाै – नेकपा एमालेबाट काठमाण्डाै महानगरमा उपमेयरका उम्मेदवार सुनिता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढङ्गले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । आज आइतवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । डंगाेलले महिनावारीको बेला महिलालाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरूलाई बिदामा बस्न मिल्ने गरी नीति तथा…