चितवन – चितवनमा उत्पादित काँक्रो बिक्री नहुँदा किसान समस्यामा परेका छन् । जिल्लामा उत्पादित काँक्रो पाँच रुपैयाँ प्रतिकिलोका दरले समेत बिक्री नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको भन्दै किसान चिन्तित भएका हुन् । भरतपुर महानगरपालिका १८ चनौलीमा १५ कट्ठा जग्गामा काँक्रो खेती गरेकी रेसुङ्खा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले आफूले पाँच रुपैयाँका दरले काँक्राे बिक्री गर्न…