दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय दिपक वलीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। घोराही उपमहानगरपालिका-१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले मुसलवान डाँडामा ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा…