काठमाण्डाै १७ चैत – गम्भीर आर्थिक सङ्कट भोगिरहेको दक्षिण एसियाली श्रीलङ्कामा आज बिहीवारदेखि डिजलको बिक्री ठप्प भएको छ । विदेशी मुद्रा नहुँदा आयात रोकिएको र भण्डारणमा रहेको डिजल सकिएकाले आजदेखि श्रीलङ्कामा बिक्री बन्द भएको समाचार संस्था एएफपीले जनाएको छ । डिजल नहुँदा सार्वजनिक गाडी, उद्योग कलकारखाना र विद्युत् उत्पादन गर्ने प्लान्ट पनि सञ्चालन हुन सकेका…