काठमाडौँ २० फागुन : पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिदमा बम विस्फोट गराइएको हो । विस्फोटमा कम्तीमा ५० जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । पेशावर प्रहरीका अनुसार एक जना प्रहरीको पनि विस्फोटमा परि मृत्यु भएको छ ।…