संयुक्त बजार अनुगमन टोलीले ताप्लेजुङको फुङ्लिङका व्यवसायीहरुलाई बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न सचेत गराएको छ। आगलागीको जोखिम बढ्दै गएको र खुल्ला रुपमा पेट्रोलिय पदार्थको बिक्रीवितरणले थप जोखिम सृजना गर्ने भन्दै उसले बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीवितरण नगर्न सचेत गराएको हो। ‘साँघुरो बजार क्षेत्रमा आगलागीको जोखिम बढी छ,’ सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले…