काठमाडौँ, १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएशनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले सोमबार बार कार्यसमितिको बैठकपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी…