कपिलवस्तु १५ माघ । मानवअधिकारकर्मी कृष्ण पहाडीले ओलीले सेटिङ्ग फिक्सीङ्ग र भोटिङ्ग गरी ३ अस्त्र प्रयोग गरेर असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बताएका छन । उनले ओलीले ब्यक्तिगत लहड र सनकले प्रतिनिधिसभा विघटन गरी न्यायलयलाई समेत बिवादमा तानेको बताए । कपिलवस्तुको तौलिहवामा आयोजित नागरिक सभामा उनले ओलीले व्यक्तिगत सनकका कारण खड्ग प्रदर्शन गरेको बताएका हुन्…