बुटवल ९ माघ । सरकारले माघ १४ गतेबाट देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने भएको छ । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप बुधबारबाट लगाउन शुरु गरिने भएको हो ।सो खोप अहिले टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई केही दिनभित्रै प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा…