काठमाडौं २४ असार । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक डीआईजी सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् । ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका…