दक्षिणी अफ्रिकाका तीन वटा देशमा उष्ण कटिबन्धीय आँधी ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । मुसलधारे वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ ले मोजाम्बिक, मालावी र मदागास्करमा क्षति गरेको छ । मदागास्करमा ४१, मोजाम्बिकमा १८ र मालावीमा ११ जनाको ज्यान गएको पछिल्लो विवरण प्राप्त भएको छ । तीन देशका उद्धारकर्मीले पूर्ण क्षतिको मूल्याङ्कन गर्न…