काठमाण्डौ २७ मंसिर । फाइजर-बायोएनटेकले विकास गरेको खोपले अमेरिकामा स्वीकृति पाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको दबाबका कारण फुट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए)ले कोरोना भाइरसविरुद्धको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्वीकृति पाएको २४ घण्टाभन्दा कम समयमा नै खोप वितरण थालिने बताउनु भएको छ…