काठमाण्डौ ८ पुष । ईयूले बेलायतसँगको यात्रा प्रतिबन्ध हटाउन आफ्ना सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ ।युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर बोलायतसँगको यात्रामा लगाइएको प्रतिबन्ध हटाउन सिफारिस गरेको बीबीसीले जनाएको छ । ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो । सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य…