बेइजिङ १२ कार्तिक । असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन—नेपाल तातोपानी नाका आज बुधबारदेखि पुनः खुल्ने भएको छ। यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड—अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो।त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको…