काठमाण्डौ १७ मंसिर । बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ । बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो । केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ ।…