ओटावा, क्यानाडा,११ असोज (रासस/सिन्ह्वा) क्यानाडाको वास्तविक घरेलु उत्पादन (जीडीपी) जुलाई महिनामा ०.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वृद्धिदर चार महिनामा पहिलो पटक सकारात्मक भएकोले केही क्षेत्रहरूमा गतिविधि पुनः सक्रिय हुँदैछ । यो वृद्धिदर मुख्यतया वस्तु उत्पादन गर्ने उद्योगहरूमा देखिएको छ । विशेष गरी फलाम र स्टील मिल क्षेत्रमा केही सुधार भए पनि, यी क्षेत्रहरू…