कोलकाता, १ चैत (रासस \ एएफपी) :ढाकामा बङ्गलादेशका लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यासँग सम्बन्धित अर्का संदिग्धलाई भारतले पक्राउ गरेको छ । पक्राउ गरिएको संदिग्धमाथि हादीको हत्यामा संलग्न दुई जनालाई भारतमा अवैध रूपमा प्रवेश गराउन सहयोग गरेको आरोप लागेको पश्चिम बङ्गाल प्रहरीले आइतबार जानकारी दिएको छ । सन् २०२४ को बङ्गलादेशीय जनविद्रोहमा सक्रिय हादीलाई…