काठमाडौँ ५ भदौ । रुसले नेपालसँग काठमाडौँ मेट्रो परियोजनालगायत मुलुकको रेलवे आयोजनासम्बन्धी प्रस्ताव माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सोमबार भएको भेटमा नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकोसहितको टोलीले सो प्रस्ताव माग गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो। सचिव शर्माका अनुसार सो अवसरमा भेटमा नेपालको सडक तथा सुरुङ मार्ग निर्माणबारे समेत…