असोज ५, एजेन्सी ।भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उहाँको आज निधन भएको अस्पतालले घोषणा गरेको…