जेठ १८,पाँचौँ वरीयताका स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा गएराति भएको खेलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई हराउँदै नाडाल अन्तिम चारमा पुगेका हुन् ।कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ६–२, ४–६, ६–२ र ७–६ को सेटमा हराए । अब नाडालले सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर ज्वेभरेभसँग खेल्ने…