लुम्बिनी, भाद्र १५ लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । नगर प्रमुख मुसलमानको ७० बर्षको उमेरमा शनिबार करिब ९ बजे हृदयघातका कारण मृत्यु भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुखको असामयिक निधनको खबरबाट लुम्बिनी नगरबासी शोक मग्न बनेका छन् । नगरप्रमुख मुसलमान स्थानीय विकास र जनसरोकारका मुद्दामा सक्रिय नेतृत्व कर्ता मानिन्थे ।…