भालुवाङ २५मंसिर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको नवनिर्मित प्रदेश भवनको सोमबार उदघाटन गरिएको छ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नवनिर्मित भवनको उदघाटन गरेका हुन्।भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले नागरिक खवरदारी गर्ने दायित्व पत्रकारको रहेको बताएका छन् । प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार र कमिकमजोरीको खवरदारी गर्न आवश्यक रहेको बताएका…