तौलिहवा ३ माघ । हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन हुँदै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकाको चार सयभन्दा बढी बालबालिका विद्यालयबाहिरै रहेका छन् ।मायादेवी गाउँपालिकामा ४३९ जना बालबालिका अझै विद्यालयबाहिरै रहेको एक तथ्याङ्कले देखाएको छ । गाउँपालिकाको प्रत्येक वडामा प्रगतिशील युवा सञ्जालले तथ्याङ्क सङ्कलन गर्दा पालिकाभित्र विद्यालय नजाने पाँचदेखि १८ वर्ष…