असार २१,काठमाण्डौ – सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो ।विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।…