जेठ १७,काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीहरूलाई यूएई लगेर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरेको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी कुवेर कडायतले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटेर भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिनुभएको श्रम मन्त्रालयले जनाएको छ ।…