आसन्न वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा राजनैतिक दलहरुबाट भइरहेको अनावश्यक खर्चको विषयलाई लिएर कपिलवस्तुको बाणगंगाका मतदाताले प्रश्न उठाएका छन् । वडा नम्बर ४ को वडा अध्यक्ष पदमा गठबन्धनबाट चुनावमा होमिएका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त न्यौपाने, वडा सदस्यहरु विमला श्रेष्ठ, नुर बहादुर राना, रामचन्द्र खनाल लगायतको टोलीसंग अनावश्यक चुनावी खर्चबारे मतदाताले प्रश्न उठाएका…