बर्दिया २७ माघ -बर्दिया जिल्लाको खाता जैविक मार्गअन्तर्गत मधुवन नगरपालिका ५ खैरेनी सामुदायिक वनमा एउटा वयस्क चितुवा मृत अवस्थामा फेला परेको कछ । जिल्ला वन कार्यालयका अनुसार चितुवा आपसमा जुधेर मरेको हुन सक्ने आशंका गरिएको छ । जिल्ला वन अधिकृत प्रविण बिडारीले उक्त चितुवा केही दिनअघि मरेकाले गह्नाएको अवस्थामा स्थानीयले देखेपछि जानकारी गराएको बताए ।…