कपिलवस्तु १९ माघ — हाँस प्रजातिको बैकालगैरी चरा जगदीशपुर तालमा पहिलोपटक देखिएको छ । पक्षी अवलोकनका क्रममा चराविद्हरू रमेश चौधरी तथा पोल्यान्डका माकिज कोट्लारस्कीले गत साता हाँसको उक्त प्रजाति देखेका हुन् । यो फिरन्ते चरा तस्बिरसहित जगदीशपुरमा पहिलोपटक अभिलेखीकरण भएको छ । तालको पूर्व छेउबाट अढाई/तीन सय मिटर पश्चिमतिर बीचमा उक्त चरा देखिएको चौधरीले बताए । यहाँ देखिएको चरा…