काठमाडौँ २३ पुस — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीबाट तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अतिरिक्त शुल्क फिर्ता गरेर विवाद समाधान गर्न उनले काठमाडौं मेडिकल कलेजलाई शुक्रबारसम्मको अल्टिमेटमसमेत दिएका छन् । उनी कलेज अनुगमनका लागि बिहीबार भक्तपुरको दुवाकोट पुगेका थिए ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र कलेजका प्रिन्सिपल…