कपिलवस्तु नगरपालिका ९ का वासिन्दाले नदिजन्य पदार्थ निकासीले स्थानियहरु आक्रान्त बनेको बताएका छन् । उनिहरुले वडा कार्यालयमा नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र नगरपालिकाको समन्वयमा संम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै ठेक्का बेवस्थित गर्न माग गरेका हुन् ।नदिजन्य पदार्थ ढुवानी गर्ने ट्याक्टरहरुका कारण खेतीवाली ध्वस्त भएको र वालवच्चा समेत असुरिक्षत हुनुको साथै धुलो धुवाले उठिवास लगाएको…