बुटवल ५ मंसिर । पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् ।केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।केही समय अघि लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यकक्षमै माओवादी कार्यकर्ताहरु टिकटक बनाउन नाचेपछि ब्यापक आलोचना…