अर्थ-वाणिज्य

सरकारी जागिरको काम : टिकटकबाट कमाउने नाम



बुटवल ५  मंसिर  । पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् ।केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।

केही समय अघि लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यकक्षमै माओवादी कार्यकर्ताहरु टिकटक बनाउन नाचेपछि ब्यापक आलोचना भएको थियो।गत बर्षको मंसिर महिनामा कर्णाली प्रदेशको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाले कार्यालय समय भित्र फेसवुक र टिकटक चलाउन कर्मचारीहरुलाई प्रतिवन्ध लगाएको थियो।

पछिल्लो समय कार्यालय समय भित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढी रहेको छ।कतिपय कर्मचारीहरु सेवा ग्राहीका काम छोडेर समेत दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ।बिशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत स्थानिय तहका कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन्।

कार्यालयको सेवा कक्षमै सेवाग्राहीका काम छोडेर टिकटकमा नाच्ने निजामती सेवाका कर्मचारी र बिद्यार्थीले समेत पचाउन नसक्ने गरी शिक्षक शिक्षिकाको बिद्यालय प्रांगणमा हुने हर्कतले सेवा मात्र प्रवाभित गरेको छैन। समाजमा नकारात्मक सन्देश दिई रहेको छ।

टिकटक बनाउने कर्मचारीहरुले टिकटकमा कार्यालय समयमा फुर्सद निकालेर एकछिन भन्दै कर्मचारी परिचय पत्र झुण्डयाएर तथा सेवामा रहदाको सरकारी पोशाकमै टिकटकमा नाचेका दृष्यहरु देख्न पाईन्छ।कर्मचारहरुको नियमित अनुगमन नहुदा यस्तो बिकृती बढदै गएको सेवाग्राहीहरुको गुनासो छ ।निजामती सेवामा मात्रै होईन टिकटकमा नाच्ने काम कडा अनुसासनमा बस्ने भनेर मानिदै आएका नेपाल प्रहरी र सैनिक पोशाकमा समेत देखिन थालेको छ।

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६