हेटौंडा, २५ कात्तिक । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । वागमती प्रदेशमा नव नियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस प्रदेश संसदीय दलका सचिव निमा लामाले मन्त्रीको शपथ लिएका हुन् ।जम्कट्टेलले अर्थ र लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा शपथ लिएका हुन् ।…