काठमाण्डौ, १५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताउनु भएको छ । सोमवार पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कार्यक्रममा उहाँले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको…