रूपन्देही १५ भदौ । भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतबार पक्राउ गरेको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख समेत रहेका इन्जिनियर अर्याललाई अख्तियारको टोलीले बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट पक्राउ…