म्याग्दी, ९ कात्तिक अपाङ्गता भएका व्यक्तिहरुले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका छन् । अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा छ प्रकारका अपाङ्गता भएका नौ जनाले यही कात्तिक ५ गते नारच्याङको हुमखोलादेखि पदयात्रा सुरु गर्नुभएको थियो । पदयात्रा आज पूरा भएको सञ्जालका सचिव विशाल विकले जानकारी दिनुभयो । पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी,…