नवलपुर (नवलपरासी), ७ कात्तिकः ‘तिहारमा गर्नलाई रमाइलो देउसी खेल्दै आइपुग्यौँ घरदैलो ....’ ए भन मेरा सङ्गी हो देउसी रे.... तिहारको बेलामा देउसी खेल्नेहरुबाट गाइने यी भाकाहरु हराउँदै गएका छन् । तर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१७ का स्थानीय तिहारमा खेलिने देउसी भैलोको मौलिकता जोगाउन लागिपरेका छन् । तिहारमा जताततै ‘स्पिकर’मा गीत बजाएर देउसी खेलिरहेको अवस्थामा यहाँका…