भैरहवा (रुपन्देही), २१ मङ्सिर सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ । मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु छ । शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा लुम्बिनी नेत्रालयका डा दीपेन्द्र यादवले उहाँलाई तत्काल शल्यक्रियाको सुझाव दिनुभयो । मोतियाबिन्दुको उपचार गाउँका विपन्नका लागि…