चितवन, २२ असोज विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले निःशुल्क रुपमा स्तन क्यान्सरको परीक्षण सुरु गरेको छ । हरेक वर्ष ‘अक्टोबर’ महिनामा विभिन्न कार्यक्रमसहित विश्व स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइने गरेको सन्दर्भमा सो इन्स्टिच्युटले यसरी निःशुल्क स्वास्थ्य परीक्षण थालनी गरेको जनाएको छ । सिएमसीसम्बद्ध सो…