काठमाडौँ, २३ असोज गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा आज चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । आजको छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक उच्च अधिकारीको सहभागिता थियो । समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह…