काठमाडौं, १८ असोज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै आ–आफ्नो मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखलाई अनिवार्य रूपमा कार्यस्थल पुगेर विपद् प्रतिकार्यको व्यवस्था मिलाउन तथा सोहीअनुसार सतर्कता अपनाउन निर्देशन दिएको हो…