कपिलवस्तु, आश्विन ३० गते लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले विकासका कार्यहरू दीर्घकालीन दृष्टिकोणका साथ गुरु योजना बनाएर अघि बढाउन सम्बन्धित निकायहरूलाई आग्रह गर्नुभएको छ । पूर्व मन्त्री समेत रहनुभएका पन्थीले कुनै पनि लगानीलाई परिणाममुखी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै योजनाबद्ध कार्यसम्पादनले मात्र स्थायी विकास सम्भव हुने धारणा राख्नुभयो । उहाँले बाणगंगा क्षेत्रका धार्मिक, ऐतिहासिक…