काठमाण्डौं ९ आश्विन । हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । सोह्र श्राद्ध सकिएसँगै भोलीबाट बडादशैको नौरथा सुरु हुँदैछ ।यस…