काठमाडौँ, २८ जेठ ।वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ। गए राति चितवनको इच्छाकामना ६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनः पूर्णरूपमा सञ्चालन गरिएको हो। सडक पूर्णरूपमा खुलेसँगै जाममा परेका यात्रु गन्तव्यमा लागेका छन्। पानी…