रुपन्देही, १८ मंसिर ।नेकपा एमालेबाट निर्वाचित लुम्बिनीका चार जना नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले…